नेप्से परिसूचक स्थिर, कारोबार रकममा सुधार

होमल्याण्ड खबर

२०८२ माघ २९ गते, बुधबार १६:२८ मा प्रकाशित

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार स्थिर देखिएको छ । कारोबारको पहिलो समयमा बढेको नेप्से सूचक बन्द हुँदा स्थिर भएको हो ।

यो साता आइतबार १०.२४ अंक घटेको नेप्से सूचक सोमबार २६.०५ अंक घटेको थियो । त्यसैगरी मंगलबार १०.२५ अंक घटेको नेप्से बुधबार ०.०४ अंक घटेको हो । तर, बुधबार नेप्सेको कारोबार रकममा भने केही सुधार आएको छ ।बुधबार कारोबार सुरु हुँदा २६६२.१४ अंकमा रहेको नेप्से ०.०४ अंक घटेर २६६२.१० बिन्दुमा झरेको छ । नेप्सेमा कारोबार भएका धेरै कम्पनीको सेयर मूल्य घटेको छ । त्यसले गर्दा पनि बजार सूचकमा सुधार आउन नसकेको हो ।