सुनको मुल्य प्रतितोला ९०० सय रुपयाँले घट्यो

होमल्याण्ड खबर

२०८२ फाल्गुन ५ गते, मंगलवार ११:२६ मा प्रकाशित

स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा थप गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २ हजार ८०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९०० रूपैयाँले घट्दै ३ लाख १ हजार ९०० रूपैयाँमा झरेको हो ।

तथापि, यता चाँदीको मूल्य भने आज तोलामा २५ रूपैयाँले बढ्दै ४ हजार ८८५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८६० रूपैयाँमा कारोबार भएको थियो ।