आइएमएस मोटर्सले ल्यायो स्याङयोङ गाडीको ‘नयाँ वर्ष मेगा एक्चेन्ज योजना’

होमल्याण्ड खबर

२०७५ पुष १६ गते, सोमबार १५:३९ मा प्रकाशित

नेपालको लागी स्याङयोङ मोटर्सको आधिकारीक बिक्रेता एवं आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले नयाँ वर्षको उपलक्ष्यमा स्याङयोङ ‘नयाँ वर्ष मेगा एक्चेन्ज’ योजना ल्याएको छ ।

यस योजना अन्र्तगत ग्राहकहरुले आफ्नो कुनै पनि गाडी सँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभि साट्न सकिने कम्पनीले जनाएको छ । यसरी पुरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरिद गर्दा ग्राहकहरुले ४ लाख सम्मको छुट पनि पाउन सक्नेछन ।

एक्सचेन्ज अफरमा १ बर्षको निशुल्क बिमा, पुरानो गाडिको स्पटमै उत्कृट मूलयाङ्कन गरिने, झन्झटरहित फाईनान्सको सूविधा, आर्थिक वर्ष २०७५र७६ को रोड ट्याक्स तिर्न नपर्ने, ३ वर्षको वारेन्टी (६०,००० कि मी सम्म), ५ बर्ष सम्म निःशुल्क सर्भि्सिङ्ग, गाडीको अतिरिक्त सामान निःशुल्क पाइने, सस्तो मूल्यमा स्पेयर्स पार्टसहरू पाइने सुबिधा प्रदान गर्ने कम्पनीले बताएको छ ।

कम्पनीले संसारभरी करिब १६५८ बिक्रेता मार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात संजाल मजबुत बनाएको छ ।