घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

होमल्याण्ड खबर

२०८२ फाल्गुन १५ गते, शुक्रबार ११:१५ मा प्रकाशित

काठमाडौं- नेपाली बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज फागुन १५ गते शुक्रवार छापावाला सुनको मूल्य पाँच सय रुपैयाँले घटेढेर ३ लाख १४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार भने सुनको मूल्य ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । आज चाँदीका मूल्य तोलामा ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको छ । बिहीवार भने चाँदी प्रतितोला ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।