सुनको भाउ २५ सयले बढ्यो,तोलाको कतिमा हुँदैछ कारोबार ?

होमल्याण्ड खबर

२०८२ फाल्गुन १९ गते, मंगलवार ११:२८ मा प्रकाशित

मंगलबार नेपाली बजारमा सुनको मूल्य २ हजार ५०० रुपैयाँले बढेको छ। सोमबारको तुलनामा सुनको भाउ मंगलबार २ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन २ हजार ५०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य ३ लाख २८ हजार ५०० कायम भएको छ। सोमबार प्रतितोला सुन ३ लाख २६ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनको मूल्य बढे पनि चाँदीको भाउ भने सामान्य घटेको छ। महासंघका अनुसार यसदिन २०५ रुपैयाँले घटेर प्रतितोला चाँदी ५ हजार ८१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार सोही परिमाणको चाँदी ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो।