सुनचाँदीको मूल्य घट्यो

होमल्याण्ड खबर

२०८२ चैत्र १ गते, आईतवार १०:५५ मा प्रकाशित

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ। शुक्रबार भने सोही सुन तोलामा ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यसअनुसार दुई दिनको अवधिमा सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आइतबार १० ग्राम सुनको मूल्य २ लाख ६५ हजार २६० रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ६९ हजार ३७५ रुपैयाँ रहेको थियो।

यसैबीच चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी तोलामा ५ हजार २७० रुपैयाँ कायम भएको छ। शुक्रबार भने चाँदीको मूल्य तोलामा ५ हजार ४९५ रुपैयाँ थियो।

यस अवधिमा चाँदी तोलामा २२५ रुपैयाँले सस्तो भएको हो।

त्यस्तै आइतबार १० ग्राम चाँदीको मूल्य ४ हजार ५१८ रुपैयाँ कायम भएको छ। शुक्रबार १० ग्राम चाँदीको मूल्य ४ हजार ७११ रुपैयाँ रहेको महासंघले जनाएको छ।