सुनको मूल्य निरन्तर घट्दो, तोलाको २ लाख ७५ हजार ५०० रुपैयाँ

होमल्याण्ड खबर

२०८२ चैत्र ९ गते, सोमबार १३:१७ मा प्रकाशित

पछिल्लाे समय सुनको मूल्य निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँ कम हो ।

यसैबीच सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ४ हजार ५४० रुपैयाँ कायम भएको चाँदी सोमबार घटेर ४ हजार ४२५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।