११ मंसिर २०८१, मंगलवार
बुधबार सुनको भाउ रु एक सयले घटेको छ ।
मंगलबार तोलमा रु ५९ हजार ७०० मा कारोबार भएको सुनको भाउ बुधबार रु एक सय घटेर प्रतितोला ५९ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै बुधबार तेजावी सुन तोलमा रु ५९ हजार ३०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतितोलमा रु ७४५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।