आज सुनको मुल्य तोलामा २९ सय रुपयाँले घट्यो

होमल्याण्ड खबर

२०८२ चैत्र १२ गते, बिहीबार १०:५५ मा प्रकाशित

स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार ९चैत १२० सुन तोलामा २९ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार, आजको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ । यस दिन तोलमा १०० रुपैयाँले घटेर चार हजार ८२० कायम भएको छ ।

अघिल्लो दिन चार हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।