उडान तालिका आएको महिनौ बित्यो तर यात्रु नभएकाले उडान भएन

होमल्याण्ड खबर

२०७५ पुष १८ गते, बुधबार १२:१४ मा प्रकाशित

नेपाल वायुसेवा निगमले विराटनगर फाप्लुको लागि कात्तिकबाट उडान तालिका निकालेको थियो । तालिका आएको दुई महिना बितिसक्दा पनि परीक्षण उडान अहिलेसम्म हुनसकेको छैन। विराटनगर जाने यात्रु नभएकाले उडान गर्न नसकिएको नेपाल वायुसेवा निगम फाप्लुले जनाएको छ।

गत कात्तिक ११ गतेदेखि फाप्लु विराटनगरको लागि साप्ताहीक उडान तालिका आएको हो। यात्रु भएको खण्डमा उडान हुने इन्चार्जको भनाइ छ। फाप्लुबाट विराटनगरको लागि एकतर्फी भाडा चार हजार ७८० रुपैयाँ कायम गरिएको छ।

सडक यातायातबाटै पनि सहजै यात्रा गर्न सकिने भएकाले हवाइ यात्रु कम भएको एयरलाइन्सको अनुमान छ।