९ मंसिर २०८१, आईतवार
माछापुच्छ्रे बैंक र नेपाल मेडिसिटि अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा नेपाल मेडिसिटि अस्पतालको तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरे ।
सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले नेपाल मेडिसिटि अस्पतालका सेवाहरुमा ७% सम्मको छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुत्तानी गर्दा पाउन सक्नेछन् । नेपाल मेडिसिटिले आफ्नो स्थापनाकालदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।