सुन तोलामा ७४ सयले बढ्यो, चाँदीको कति ?

होमल्याण्ड खबर

२०८२ चैत्र १८ गते, बुधबार ११:४४ मा प्रकाशित

नेपाली बजारमा बुधबार (चैत १८) सुनको मूल्य बढेको छ ।  नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा ७४ सय रुपैयाँले बढेको हो ।

आजका लागि प्रतितोला दुई लाख ९७ हजार ६०० निर्धारण गरिएको छ ।

अघिल्लो दिन दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर चार हजार ९४५ रुपैयाँ पुगेको छ ।

हिजो चार हजार ८४५ रुपैयाँमा काराबोर भएको थियो ।