१० बैशाख २०८३, बिहीबार
सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको पैठारीमा लाग्दै आएको भन्सार महशुलमा ५० प्रतिशत छुट दिने निर्णय भएको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्।
उनका अनुसार इन्धनको बचत गर्न सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा पनि छलफल भएको छ। आवश्यक परे उक्त प्रणाली लागू गर्ने सरकारको तयारी छ।

