अनलाईन शेयर कारोबार अब ग्लोबल आइएमई बैंकबाट

होमल्याण्ड खबर

२०७५ पुष १९ गते, बिहीबार १३:३४ मा प्रकाशित

ग्लोबल आइएमई बैंक नेप्सेको अनलाईन शेयर कारोबार प्रणालीमा आबद्घ भएको छ । यस मार्फत बैंकका ग्राहकहरुले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद विक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्न सक्नेछन ।

यसै सम्बन्धमा बैंकले लगानीकर्ताहरुलाई अझ बढी सुविधा प्रदान गर्ने उद्देश्यले “ग्लोबल शेयर लगानी बचत खाता” सञ्चालनमा ल्याएको हो । यस बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी सजिलै स्वचालित अनलाईन प्रणालीबाट शेयर कारोबार गर्न तथा शेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सक्नेछन् ।

उच्चतम ब्याजदर पाइने यस बचत खातामा निशुल्क भाईवर र मोबाइल बैंकिङ्ग, पहिलो वर्ष निशुल्क डिम्याट खाता, मेरो शेयर खाता र डेबिट कार्ड उपलब्ध हुनेछ । यसका साथै आईपिओ र एफपिओ बारे जानकारी लिन मिल्ने एवं आस्वा सुविधा, इन्टरनेट बैंकिंङ्ग र चेकबुक निशुल्क पाइने बैंकले जनाएको छ ।

यस बाहेक लकर, क्रेडिड कार्ड र ऋण प्रोसेसिंगमा ५० प्रतिशत छुट पनि पाइने छ । यसअघि बैंकमा खाता भएका ग्राहकहरुले समेत इन्टरनेट बैंकिंङ्ग सेवा लिई अनलाईन शेयर कारोबार गर्न पाउनेछन् ।