सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

होमल्याण्ड खबर

२०८३ बैशाख ७ गते, सोमबार १२:११ मा प्रकाशित

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले घटेर दुई लाख ९९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर पाँच हजार १९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा पाँच हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।