सेयर बजार १३ अंक घट्यो

होमल्याण्ड खबर

२०८३ बैशाख ७ गते, सोमबार १५:३४ मा प्रकाशित

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से १३.१७ अंक घटेको छ । सो गिरावटसँगै नेप्से परिसूचक २८२५ अंकमा झरेको छ । कारोबार सुरु भएको ६ मिनेटमै नेप्से २८४५ अंकसम्म पुगेको थियो, जुन विन्दु आजका लागि अधिकतम रह्यो ।

अघिल्लो कारोबार दिन नेप्से ५ अंक बढेको थियो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४३ करोडमा खुम्चियो । ६५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ६ को स्थिर रह्यो ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०१ प्रतिशत बढेको छ । योबाहेक सबै समूहका सूचक घटे । बैंकिङ ०.८४, विकास बैंक ०.१६, फाइनान्स ०.७० प्रतिशत घटे ।

हाइड्रोपावर ०.२३, लगानी ०.८४ जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन ०.८४, माइक्रोफाइनान्स ०.४९, निर्जीवन बीमा ०.११, अन्य ०.४० र व्यापार समूह ०.३३ प्रतिशत घटे ।