आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

होमल्याण्ड खबर

२०८३ बैशाख ८ गते, मंगलवार ११:२९ मा प्रकाशित

नेपाली बजारमा सुनको बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६ सयले बढेर ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । सोमबार २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ५ हजार १६० रुपैयाँमा कारोबार भएको छ । हिजो ५ हजा १९० रुपैयाँमा कारोबार भएको थियो ।