१० बैशाख २०८३, बिहीबार
नेपाली बजारमा आज बिहीबार पनि सुन-चाँदीको मुल्य घटेको छ।
बुधबार तोलामा आठ सय रूपैयाँ घटेको सुनको मुल्य यसदिन भने प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको हो।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुन प्रतितोला तीन लाख पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।
बुधबार प्रतितोला पाँच हजार एक सय ३० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार २० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १० रूपैयाँ घटेको हो।