१३ बैशाख २०८३, आईतवार
नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। शुक्रबार घटेको सुनको मूल्य आइतबार प्रतितोला २,७०० रूपैयाँले बढ्दै २ लाख ९९ हजार २०० रूपैयाँ पुगेको छ।
त्यस्तै, चाँदी पनि प्रतितोला ५० रूपैयाँले बढेर ४,९९५ रूपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य प्रतिऔंस ४,७०९ अमेरिकी डलर पुगेको बताइएको छ।

