सुनचाँदीको मूल्य घट्यो

होमल्याण्ड खबर

२०८३ बैशाख १७ गते, बिहीबार ११:१९ मा प्रकाशित

नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

 त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बुधबार प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १०५ रुपैयाँले घटेर ४ हजार ८१० रुपैयाँ कायम भएको छ।