११ मंसिर २०८१, मंगलवार
डडेल्धुरामा भीषण आगलागी हुदा ३ पसल जलेर नष्ट भएका छन् ।
अमरगढी– ५ सदरमुकामस्थित बागबजारमा बिहीबार राति १२ बजे आगलागी हुँदा तीनवटै पसल पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
आगलागीको कारण खुल्न नसके पनि मानसिक सन्तुलन गुमाएका व्यक्तिले आगो लगाएको हुनसक्ने आशंका डडेल्धुरा प्रहरीले गरेको छ ।
नष्ट हुने पसलहरुमा, पनेरु तरकारी पसल, स्काई फोटो स्टुडियो र एक नाम नखोलिएको नास्ता पसल रहेका छन् ।
करिब एक घण्टापछि अमरगढी नगरपालिकको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो।
क्षतिको पूर्ण विवरण भने अहिले सम्म आएको छैन।