सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ योजना: तेस्रो महिनाको विजेता घोषित

होमल्याण्ड खबर

२०७५ पुष २० गते, शुक्रबार ११:३१ मा प्रकाशित

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक, टेलिमनिबाट पैसा पठाई तेस्रो महिनाको १००,००० को मासिक लक्कीड्रमा परि मोरङ्की रुना धिमाल विजेता घोषित भएकी छन्।

यस उपहार योजना अवधिमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत १०८० जनाले २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले १०,००० र २ जनाले १००,००० जितिसकेका छन्। ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो। सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी एक समारोहबीच उक्त नगद पुरस्कार हस्तान्तरण गरियो।

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्ने त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताहरुले १०,००० र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले रु १००,००० जित्न सक्ने, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि. १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२,००,००० सम्म जित्न सक्ने बजार निर्देशक मधु लामाले बताए।

यो योजना असोज १ गते देखि मंसिर २९ गते सम्म चलेको थियो। यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए।