सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो ?

होमल्याण्ड खबर

२०८३ बैशाख २५ गते, शुक्रबार ११:१४ मा प्रकाशित

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

आज सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य ५ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ । बिहीबार ५ हजार १ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको शुक्रबार मूल्य वृद्धि भएको हो ।