सुनको मूल्य १ हजारले घट्यो, चाँदीको बढ्यो

होमल्याण्ड खबर

२०८३ बैशाख २७ गते, आईतवार ११:५३ मा प्रकाशित

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा एक हजारले घटेको छ भने चाँदी २५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ९०० र चाँदीको मूल्य ५ हजार ३०० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९९ हजार ९०० र चाँदी ५ हजार २७५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।