४ जेष्ठ २०८३, सोमबार
नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार ८०० रुपैयाँ कायम छ । आइतबार ९जेठ ३० छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा किनबेच भएको थियो ।


चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।