प्रभु इन्स्योरेन्स र चिरायु अस्पतालबीच क्यासलेस सम्झौता

होमल्याण्ड खबर

२०७५ पुष २० गते, शुक्रबार १५:३५ मा प्रकाशित

प्रभु इन्स्योरेन्स र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटबीच नगदरहित सेवासम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले तथा चिरायु अस्पतालका हस्पिटल डाइरेक्टर सन्जिव राजभण्डारीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकले चिरायु अस्पतालमामा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमालेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्नेछन् ।