९ मंसिर २०८१, आईतवार
सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ शाखा कैलालीको मोहन्यालमा संचालनमा ल्याएको छ । यो शाखा ८१ औं शाखा हो ।
सरकारले वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवद्र्धनका लागि बैंकले मोहन्याल शाखा संचालनमा ल्याएको जनाएको छ । यस बैंकले दुर्गम क्षेत्रमा १६ वटा शाखाहरु संचालनमा ल्याईसकेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबार्ट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।