सुनको मुल्य प्रतितोला २ हजार १०० रुपैयाँले घट्यो

होमल्याण्ड खबर

२०८३ जेष्ठ २२ गते, शुक्रबार ११:१८ मा प्रकाशित

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार १०० र चाँदी ५५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार २३० रुपैयाँ निर्धारण भएको छ ।

बिहीबार एक तोला सुनको मूल्य ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार २८५ रुपैयाँ निर्धारण भएको थियो । गत बुधबार एक तोला सुन ३ लाख ११ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार ३७० रुपैयाँमा खरिदबिक्री भएको छ ।