तनहुँमा कपडा उधोगमा आगलागीः करिब २२ लाख क्षति

होमल्याण्ड खबर

२०७५ पुष २२ गते, आईतवार १२:०३ मा प्रकाशित

तनहुँमा आइतबार बिहान एक कपडा उधोगमा आगलागी भएको छ ।

व्यास नगरपालिका–४, सिमलटारमा रहेको बेथेल मल्टिप्रोपोज इन्जिनियरिङ कपडा उधोगमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब २२ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागी दमकल, नेपाली सेना, प्रहरी, स्थानीयवासीलगायतको सहयोगमा बिहान साढे ९ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उधोगमा वल्डिङ गर्ने क्रममा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।