९ मंसिर २०८१, आईतवार
मेगा बैंक नेपालले स्वास्थ्य शिविरका लागि सहयोग गरेको छ । बैंकले नेपाल अर्वुदरोग विजेता समाजले काठमाडौंमा आयोजना गरेको क्यान्सर तथा आँखा रोग सम्बन्धी शिविरमा मेगा बैंकले सहयोग गरेको हो ।
सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर आयोजनाका लागि सहयोग गरेको मेगा बैंकले जनाएको छ । काठमाडौंको सुविधानगर तीनकुनेस्थित मेट्रो आइकेयरमा आयोजना गरिएको शिविरमा छाती तथा पाठेघरको क्यान्सर भएका महिलाहरुको उल्लेख्य सहभागिता थियो । यसैगरी, महिला तथा पुरुष दुवैका लागि आयोजना गरिएको आँखा शिविरबाट सयौंले परामर्श र उपचार पाएका छन् । शिविरमा मेगा बैंकका ग्राहक तथा उनीहरुका परिवारको बढी सहभागिता थियो ।