सुनचाँदीको मूल्य घट्यो

होमल्याण्ड खबर

२०८३ असार ३ गते, बुधबार ११:०९ मा प्रकाशित

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार तोलामा १२ सय रुपैयाँ घटेको हो ।

यससँगै छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ९८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलाको चार हजार ९९० रुपैयाँ थियो ।