११ मंसिर २०८१, मंगलवार
मोरङ व्यापार संघका अध्यक्ष तथा पूर्व सांसद पवन कुमार सारडा भारतमा सम्मानित भएका छन् । सारडा विराटनगरका प्रतिष्ठित उधोगी पनि हुन् ।
भारतको राजस्थानस्थित जोधपुरमा आयोजित माहेश्वरी ग्लोबल एक्सपो (औधोगिक व्यापार मेला) एवं माहेश्वरी समाज महाकुम्भमा सारडालाई आइतबार सम्मान गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि भारतकको लोकसभाकी सभाध्यक्ष सुमीत्रा महाजनले सारडालाई सम्मान गरिन् । २०१९ जनवरी ४ देखि ७ तारिकसम्म एम.जी.सी. २०१९ को नामले उक्त औधोगिक व्यापार मेलाको कन्भेन्सन कार्यक्रम आयोजना भएको व्यापार संघले जनाएको छ ।
अध्यक्ष सारडालाई सम्मान गर्ने क्रममा कार्यक्रमका विशिष्ठ अतिथि महाराष्ट्रका मुख्यमन्त्री माननीय देवेन्द्र फडणवीस, सांसद् गजेन्द्र सिंह शेखावत, भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष श्याम जाजु, महासभा पदाधिकारीहरु, भारतका विशिष्ठ व्यक्तित्वको उपस्थिति थियो । कार्यक्रममा नेपालकी सुन्दरी निकिता चांडकलाई पनि सम्मान गरिएको थियो ।