सुनचाँदीको मुल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

होमल्याण्ड खबर

२०८३ श्रावण ४ गते, सोमबार ११:१३ मा प्रकाशित

नेपाली बजारमा आज (सोमबार) सुनको भाउ प्रतितोला ६ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ ।

आइतबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो ।  यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार तोलामा चार हजार दुई सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार तीन सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८० रूपैयाँ बढेको हो ।