सनराइज बैंकको १५ प्रतिशत बोनस सेयर पारित

होमल्याण्ड खबर

२०७४ पुष ६ गते, बिहीबार ०८:५६ मा प्रकाशित

सन्राइज बैंकको सोमबार बसेको दसौं वार्षिक साधारणसभाले सनराइज बैंक तथा बैंकको सहायक कम्पनी सनराइज क्यापिटलको ०७४ असार मसान्तसम्मको वासलात तथा आव ०७३-७४ को नाफा–नोक्सान हिसाब र नगद प्रवाहसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेलगायत सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम गत वर्षको मुनाफा एवं अन्य जगेडा कोषहरू तथा बैंकले जारी गरेको हकप्रद सेयर बिक्री नभएको ७, १०,७४३ कित्ता सेयरलाई लिलाम बिक्री गरी बाँडफाँड गरिएको सेयर समेतलाई गरी सेयरधनीहरूलाई १ अर्ब ६ करोड ३३ लाख ७६ हजार ८ सय ५० रुपैयाँबराबर अर्थात १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसबाट बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँभन्दा बढी पुगेकोे छ । यसका सथै उक्त वार्षिक साधारणसभाले निर्वाचन सम्पन्न नभएसम्मका लागि संस्थापक सेयरधनी समूह ‘क’ को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूलाई सञ्चालक समितिमा निरन्तरता दिने प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ ।