११ मंसिर २०८१, मंगलवार
नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको पुर्नसंरचना गर्ने बताएका छन् । कार्यकारी निर्देशक पौडेलले निगममा हुने गरेका विकृति, बिसंगतिको अन्त्य गर्दै निगमका हरेक गतिविधिलाई पारदर्शी बनाउने प्रतिवद्धता जनाए ।
बिहीबार निगमको ४८ औं वार्षिकोत्सवको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निगमलाई यही अवस्थामा रहन नदिने योजना अघि सारि निगमको सुधारको लागि शून्य सहनशीलताको नीतिलाई कडाईका साथ लागू गर्ने नवनियुक्त कार्यकारी निर्देशक पौडेलको भनाई छ ।
त्यस अवसरमा नवनियुक्त कार्यकारी निर्देशक पौडेलले निगमले राष्ट्र निर्माणको अभियानमा पनि ठूलै योगदान गरेको बताए। उनले गएको आर्थिक वर्षमा मात्रै निगमले ५५ अरव रुपैयाँ राजस्व तिरेका जानकारी गराए । कार्यकारी निर्देशक पौडेलले बुढिगण्डकी जलविधुत आयोजनाका लागि २७ अरव रुपैयाँ संकलन गरिएको बताए। उनले निगमले अन्य क्षेत्रमा पनि लगानी गर्न ६ अरव रुपैयाँ व्यवस्था गरेको जानकारी दिएका छन् ।