११ मंसिर २०८१, मंगलवार
नेपाल आयल निगमले आन्तरिक उडानको लागि हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको छ।
निगमले ४९ औँ वार्षिक उत्सवमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मूल्य घटाउने घोषणा गरेसँगै आज राति १२ बजेदेखि लागू हुनेगरी आन्तरिक उडानमा प्रयोग हुने इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो।
घटेको मूल्यअनुसार यसअघि १०४ रुपैयाँ ५० पैसा रहेको हवाई इन्धनको आन्तरिक सेवातर्फ प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा मूल्य कायम हुनेछ।