९ मंसिर २०८१, आईतवार
नेपालले थप हवाई मार्ग र भारु सटहीसहितका लामो समयदेखि थाती रहेका समस्या समाधानका लागि भारतलाई आग्रह गरेको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार मध्याह्न नयाँदिल्लीमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भएको करिब एक घण्टा लामो ‘लन्च भेट’ मा त्यस्तो आग्रह गरेका हुन् ।
नेपालको आग्रहलाई भारतीय पक्षले सकारात्मक रूपमा लिएको मन्त्री ज्ञवालीले बताए ।
हवाई मार्गका विषयमा नेपालको चासोलाई भारतीय पक्षले सकारात्मक जवाफ दिएको ज्ञवालीले बताए ।
मन्त्री स्वराजले यसबारे भारतीय पक्षले प्राविधिक अध्ययन गरिरहेको र केही प्राविधिक समस्याका बारेमा नेपाली पक्षलाई समेत जानकारी गराएको बताएकी थिइन् ।
हवाई मार्गका विषयलाई समाधान गर्न सकिने र त्यसका विभिन्न विकल्पमा भारत सरकारले सोचिरहेको जवाफ स्वराजले दिएको स्रोतले बताएको छ ।