सिन्धुलीको फिक्कल गाँउपालिकामा प्राइम कमर्सियल बैंकको नयाँ शाखा

होमल्याण्ड खबर

२०७५ पुष २७ गते, शुक्रबार १६:२८ मा प्रकाशित

आफ्नो शाखा संजाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंकले सिन्धुलीको फिक्कल गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ७२ पुगेको छ बैंकले जनाएको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बिच फिक्कल गाँउपालिका अध्यक्ष श्रीधन बहादुर कार्कीले शाखा कार्यालय फिक्कलको समुदघाटन गरेका हुन ।

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता व्यक्त गरेको छ ।