वडाध्यक्षका छोराद्वारा प्रधानाध्यापकमाथि हातपातः विरोधमा विधालय बन्द

होमल्याण्ड खबर

२०७५ पुष ३० गते, सोमबार १४:४२ मा प्रकाशित

गोरखाको भिमसेन गाउँपालिका स्थित विन्द्रावती माध्यमिक विधालयका प्रधानाध्यापकमाथि हातपात भएको छ । उनलाई सोही वडाका वडाध्यक्षका छोराले हातपात गरेका हुन् ।

आइतार विधालयमा प्रवेश गरेर वडा अध्यक्षका छोरा शिव कुमार श्रेष्ठलेले आफ्नो जग्गामा बनेको विधालय भवन हटाईदे भन्दै हातपात गरेको विद्यालयले जनाएको छ ।

प्रधानाध्यापक उत्तर नारायण श्रेष्ठले विद्यालय बनेको जग्गा तपाईकै बाबुले दान गर्नु भएको हो, बनिसकेको भवन मैले कसरी हटाउने ? तपाईको कुरा व्यवस्थापन समितिमा राख्छु भनेर जवाफ दिएको तर शिवले मलाई कानून सिकाउने भन्दै धकेलेर भुँएमा लडाएको बताएका छन् ।

यसको विरोधमा सोमबार भिमसेन गाउँपालिकाभित्रका सम्पूर्ण विधालयहरु बन्द गरिएको छ । घटनापछि सम्पूर्ण शिक्षकहरुले यसको विरोध जनउँदै उक्त पालिका भित्रका ४२ वटै विधालय बन्द गरेका हुन् ।

साथै घटनाको विरोधमा शिक्षक महासंघको आह्वानमा जिल्ला भरिका विधालयका शिक्षकहरुले समेत कालोपट्टी बाँधेर पठन पाठन गर्न शुरु गरेको बताइएको छ ।
उक्त विधालयमा जाईकाले ६ कोठे भवन ९ करोडको लागतमा भवन बनाई रहेको र फागुन ७ गते विधालयलाई हस्तान्तरण गर्ने तयारी भएको छ ।