हाइड्रो एक्स्पो आज सकिने, २८ हजारले गरे अवलोकन

होमल्याण्ड खबर

२०७५ माघ ६ गते, आईतवार १४:०३ मा प्रकाशित

राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आइतबार सकिँदै छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा जारी एक्स्पोमा ८५ भन्दा बढी प्रदर्शकहरुले सय भन्दा बढी स्टलमा जलविद्युत् क्षेत्रसँग सम्बन्धित उत्पादन, सेवा तथा परामर्श दिईरहेका छन् ।

एक्स्पोमा शनिबार साँझसम्ममा २८ हजार जनाले अवलोकन गरेको आयोजकले जनाएको छ । विशेष गरी जलविद्युतसँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनमा अवलोकर्ताको विशेष आकर्षण देखिएको छ । यसका साथै रोबोट प्रतिस्पर्धा, जलविद्युतसँग सम्बन्धित प्रतियोगितात्मक प्रदर्शनी लगायतमा पनि अवलोकनकर्ताको चासो धेरै देखिएको छ । एक्स्पोमा सहभागिलाई हेलिकप्टरबाट विभिन्न जलविद्युत आयोजनाको स्थलगत अवलोकन गराउने क्रम पनि जारी छ ।

एक्स्पोमा जलविद्युत प्रवद्र्धक, इक्युपमेन्टस् सप्लायर्स, लगानीकर्ता, बैंक तथा बीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता छ ।