माघ ११ देखि बुटवलमा बैंकिङ एक्स्पो हुँदै

होमल्याण्ड खबर

२०७५ माघ ६ गते, आईतवार १५:२२ मा प्रकाशित

बुटवलमा माघ ११ र १२ गते बैंकिङ एक्स्पो हुने भएको छ ।

बैंकिङ, बिमा र पुँजीबाजरसम्बन्धी प्रदर्शनीको तयारी तीव्र गतिमा भइरहेको आयोजक मिडिया इन्टरनेसलले जनाएको छ ।

बुटवलको कालिकानगरस्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ । दुई दिनसम्म आयोजना हुने एक्स्पोको अवलोकन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म गर्न सकिने आयोजकले बताएको छ ।

मुलुकभर वित्तीय सचेतना र बिमा साक्षरता फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको एक्स्पोमा नेपाल राष्ट्र बैंक, बिमा समिति, नेपाल धितोपत्र बोर्ड, वाणिज्य बैंकहरू, विकास बैंक, बिमा कम्पनी, वित्त कम्पनी तथा माइक्रोफाइनान्सलगायत युवा स्वरोजगार कोषको सहभागिता रहने पनि आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरञ्जीवी नेपाल, बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई, विभिन्न बैंकरहरू, बिमकहरू तथा नेपाल धितोपत्र बोर्ड, युवा स्वरोजगार कोषलगायतका संस्थाबाट प्रतिनिधित्व हुने जनाइएको छ ।