१२ मंसिर २०८१, बुधबार
नेपाल वायुसेवा निगम वाइडबडी जहाजको किस्ता तिर्न असक्षम भएपछि केही किस्ता नेपाल सरकारले नै तिरिदिने भएको समाचार आजको कारोबारले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, निगमले खरिद गरेका जहाज पूर्ण क्षमतामा सञ्चालन नहुँदा निगम वित्तीय संकटमा छ ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट एयरबस ३३०–२०० सिरिजका दुईथान वाइडबडी जहाज खरिद गरेको छ ।
जहाज खरिद गर्दा सञ्चय कोष र लगानी कोषसँग लिएको ऋणको साँवा र ब्याजको किस्ता तिर्न असफल भएपछि सरकारले नै तीन किस्ता तिरिदिने भएको हो ।
सरकारले तत्कालका लागि अनुदान नभई ऋणको रुपमा उक्त किस्ता तिरिदिन लागेको हो ।