ग्लोबल आइएमईले ल्यायो प्रोफेसनल लोन

होमल्याण्ड खबर

२०७५ माघ १५ गते, मंगलवार १४:२८ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले पेशागत व्यक्ति तथा कर्मचारीलाई प्रोफेसन लोन दिने भएको छ । बैंकले उक्त समूहलाई लक्षित गरी ‘ग्लोबल आइएमई प्रोफेसनल कर्र्जा’ सञ्चालनमा ल्याएको हो ।

यो कर्जाबाट डाक्टर, इन्जिनियर, सीएलगायत अन्य कार्यालयहरुमा कार्यरत कर्मचारीहरु लाभान्वित हुनेछन् । यसमा सेवाग्राहीले बिना धितो १५ लाख रुपैयाँसम्म ऋण प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सुलभ व्याजरमा उपलब्ध गराईने यस्तो कर्जाबाट विभिन्न पेशामा र व्यवसायमा आवद्ध व्यक्तिहरुलाई सहज तरिकाले बैंकिङ ऋणको पहुँच पुग्ने विश्वास बैंकले लिएको छ । सरल मासिक किस्ताबन्दीमा ५ वर्षसम्मको लागि प्रदान गरिने प्रोफेसनल लोन सुविधाले आफ्नो पेशा व्यवसायको साथसाथमा अन्य कुनै क्षेत्रमा लगानी गर्न चाहने कर्मचारी वर्गलाई सघाउ पुर्याउने बैंकको दाबी छ ।