९ मंसिर २०८१, आईतवार
सिद्धार्थ बैंकले आफ्नो भिसाकार्डवाहक ग्राहकलाई लक्षित गरी नगद फिर्ता योजना सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत पहिलो पटक ५ सय रुपैयाँ वा सोभन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकले १ रुपैयाँ नगद क्यासब्याक पाउनेछन् ।
त्यस्तै, अनलाइन कारोबारलाई अझ बढी सुरक्षित बनाउन, बैंकले जारी गरेका इन्टरनेसनल प्रिपेड कार्ड, डेबिट कार्ड, क्रेडिट कार्डहरु ‘भेरिफाइड बाइ भिसा’ नामक २–फ्याक्टर अथेन्टिकेसन प्रणालीमा प्रयोग गर्न सकिन्छ ।
यसरी अनलाइन कारोबार गर्दा ग्राहकको रजिस्टर्ड मोबाइल तथा इमेल आईडीमा वान टाइम पासवोर्ड आउँछ । उक्त पासवर्ड भेरिफाइ भएपछि मात्र कारोबार सफल हुन्छ । यस सुविधासँगै बैंकका ग्राहकले अनलाइन किनमेल, होटल बुकिङ, एयरलाइन्स टिकेटिङ आदिजस्ता विभिन्न कार्यहरु सजिलै र सुरक्षित ढंगले गर्न सकिने बैंकले जनाएको छ ।