९ मंसिर २०८१, आईतवार
सिभिल बैंकले उपभोक्तामाझ नयाँ बचत खाता योजना ल्याएको छ । बैंकले ‘सम्मान बचत खाता’ नामक खाता ल्याएको हो ।
यस बचत खातामा ७ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु–अपांग बीमा तथा अस्पताल भर्ना भई लागेको १ लाख सम्मको औषधोपचार खर्चको बीमा पनि निःशुल्क रुपमै उपलब्ध गराइने छ । यस योजनामा ग्राहकले बीमाका सुविधा प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेको कुरा पनि बैंकले जनाएको छ ।
न्यूनतम मौज्दात शून्य रहेको यस बचत खातामा ग्राहकका लागि निःशुल्क चेक बुक, एटीएम कार्ड, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, रेमिटेन्स सुविधा, ओभरड्राफ्ट कार्ड तथा निःशुल्क एबीबीएस सुविधा रहेकोे बैंकले जनाएको छ ।
सरकारले हालै जारी गरेको श्रम ऐन अनुसार बैंकले नै आफ्नै खर्चमा बीमा गराइदिने भएको तथा बीमाका सुविधा प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेकोले यस योजनाबाट संघ–संस्था लगायत सर्वसाधार लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले बताए ।